सिबिफिनको विधान संशोधनमा सदस्य गोयलको 'नोट अफ डिसेन्ट', बैंक भन्दा व्यक्ति केन्द्रित भएको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 08:00:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को विध्संन सोधनलाई लिएर 'नोट अफ डिसेन्ट' दर्ता भएको छ। सिबिफिनको चौथो वार्षिक साधारणसभाबाट संशोधित  विधानको व्यवस्थालाई लिएर सिबिफिनका सदस्य तथा एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्र गोयलले नोट अफ डिसेन्ट' दर्ता गराएका हुन्। 

गोयलले विधान संशोधन गरेर सृजना गरिएको 'प्रेसिडेन्ट इमिरेट्स' पद, कार्यसमिति बैठकमा उपस्थित हुन पाउने व्यवस्था, सल्लाहकार पदमा मनोनयन गरिएको लगायतका बिषयमा 'नोट अफ डिसेन्ट' दर्ता गरेका हुन्। 

सिबिफिन संचालनको चार वर्ष भएको र अहिलेसम्म एकै व्यक्ति अध्यक्ष भईरहेको अवस्थामा कोहि पनि पूर्व अध्यक्ष नरहेकाले अध्यक्षको कार्यकाल भन्दा बढी हुनेगरि अहिलेकै संचालक समितिले चार वर्ष कार्यकालको लागि 'प्रेसिडेन्ट इमिरेट्स' पद सृजना गर्न नहुने गोयलको मत रहेको छ। सिबिफिनको चौथो वार्षिक साधारण सभाले चार वर्ष कार्यकाल रहनेगरि 'प्रेसिडेन्ट इमिरेट्स' पद सृजना  गरेको छ र यस पदमा तत्कालिन अध्यक्ष रहने व्यवस्था गरेको छ।

'प्रेसिडेन्ट इमिरेट्स' पदसँग जोडिएका दुई विषयमा गोयलले फरक मत राखेका हुन्। 'पहिलो, सिबिफिनको अध्यक्षको कार्यकाल दुई वर्षको हुँदा 'प्रेसिडेन्ट इमिरेट्स' को कार्यकाल चार वर्षको गर्न नहुने। दोस्रो, अहिले नै कोहि पनि तत्कालिन अध्यक्ष नभईसकेको अवस्थामा अहिलेकै अध्यक्षको नेतृत्त्वमा 'प्रेसिडेन्ट इमिरेट्स' पद सृजना गर्दा  स्वार्थ बाँझिने भएकाले अहिलेनै यो पद सिर्जना गर्न नहुने' मत गोयलको रहेको छ। 

त्यस्तै परिसंघको कार्यसमितिको वैठक सम्बन्धी व्यवस्था अन्तर्गत परिसंघको सदस्यको रुपमा बैंक तथा वित्तीय संस्थाहरु रहने भएको र परिसंघमा बैंक तथा वित्तीय सस्थाहरुका अध्यक्ष र सञ्चालक समितिले तोकेको अन्य एकजना सञ्चालक सहित २ जना प्रतिनिधि हुने व्यवस्था भए बमोजिम कार्यसमिति सदस्य पदाधिकारीमा निर्वाचित भएको सम्बन्धित बैंक तथा वित्तीय संस्थाको अध्यक्ष÷प्रतिनिधि कार्यव्यस्तताका कारणले कार्यसमितिको कुनै बैठकमा उपस्थित हनु नसक्ने अवस्थामा उक्त बंकै तथा वित्तीय संस्थाबाट परिसंघमा प्रतिनिधिको रुपमा रहेको अर्को सदस्य बैठकमा सहभागी हुन पाउने व्यवस्था गर्नु उपयुक्त हने उनको फरक मत छ। 

त्यस्तै सल्लाहकार पदमा मनोनयन सम्बन्धी निर्णय सम्बन्धमा गोयलले फरक मत राखेका छन्। हाल बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक साधारण सभा सम्पन्न गर्ने क्रम चलिरहेको, साधारण सभा पश्चात बैंक तथा वित्तीय संस्थाहरुको साविक सञ्चालक समितिका पदाधिकारीहरु समेत फेरवदल हुनसक्ने सम्भावना रहने भएको, परिसंघको कार्यसमितिका कतिपय पदाधिकारीहरुको पद हाल रिक्त समेत रहेको अवस्थामा  परिसंघका वर्तमान अध्यक्षको लगानी रही उहाँ नै अध्यक्ष रहेको जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमा उपाध्यक्ष र प्रबन्ध निर्देशक रहेका भोज बहादुर शाह र सोही जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमा संचालक रहेका केशव वहादुर रायमाझीलाई अध्यक्ष स्वयम्ले प्रस्ताव गरी परिसंघको सल्लाहकार पदमा मनोनयन गर्नु उपयुक्त नहुने उनको मत रहेको छ। गोयलले चालु आ.व.को दोस्रो त्रयमास पछि कार्यसमितिको पुर्ण वैठकबाट विज्ञ व्यक्तिहरुमध्येबाट सल्लाहकार पदमा मनोनयन गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन्। 

बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ। मनोनयन भएकाहरुले पद तथा थोपनियताको सपथ पनि लिएका छन्। संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रुपमा मनोनयन गरिएको छ। विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा थिए।

बैंकहरुमाथि 'मिटरब्याजी' को आरोप लगाएर कर्जा असुली नै नहुने अवस्था बनाईएको बेला ग्राहक र ऋणीसँग असल सम्बन्ध कायम गर्नलाई विभिन्न गतिविधि गर्नुपर्नेमा आफु अनुकुलका समिट गर्नलाई सिबिफिनलाई प्रयोग गरिएको, सँस्था व्यक्ति केन्द्रित भएको, समग्र बैंकिंङ क्षेत्रका मुद्दा हेर्न स्थापना गरिएको सीबीफिन सिमित व्यवसाय र व्यवसायीको हितमा प्रयोग गरिएकोले उदेश्य अनुसारको 'ट्रयाक' मा लैजानलाई आफुले 'नोट अफ अफ डिसेन्ट' लेखेको एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष समेत रहेका गोयलले बिजपाटीलाई बताए।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved