बिजपाटीको समाचारलाई लिएर सिबिफिनको गलत बुझाई, नभएको विषयमा खण्डन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 01:55:12 PM मा प्रकाशित

बैंक तथा वित्तीय संस्था परिषद नेपाल सिबिफिनले बिजपाटी डटकममा प्रकाशित एक समाचारमा ध्यानाकर्षण भएको जनाएको छ। सिबिफिनका सदस्यले ‘नोट अफ डिसेन्ट’ जारी गरेको विषयबारे प्रकाशित समाचारमा सिबिफिनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

विधान संशोधन गरेर सृजना गरिएको ‘प्रेसिडेन्ट इमिरेट्स’ गैर कार्यकारी सम्माजनक पद रहेको र संस्थाको संरक्षकको रुपमा मात्र भूमिका निर्वाह हुने पदलाई कार्यकारी लेखेको भन्ने सिबिफिनद्वार जारी खण्डनमा उल्लेख छ ।

तर, उक्त समाचारमा प्रेसिडेन्ट इमिरेट्स’ कार्यकारी पद भएको कहीँ कतै उल्लेख गरेको छैन । न त नोट अफ डिसेन्टमा पनि यो कुरा उल्लेख छ । बिजपाटीले लेखेको समाचारमा ‘गोयलले विधान संशोधन गरेर सृजना गरिएको प्रेसिडेन्ट इमिरेट्स पद, कार्यसमिति बैठकमा उपस्थित हुन पाउने व्यवस्था, सल्लाहकार पदमा मनोनयन गरिएको लगायतका बिषयमा नोट अफ डिसेन्ट दर्ता गरेका हुन्’ भन्ने उल्लेख छ ।

बिजपाटीमा प्रकाशित समाचारमा सिबिफिनमा सिर्जना गरिएको ‘प्रेसिडेन्ट इमिरेट्स’ पद कार्यकारी भनेर लेखिएको सिबिफिनको आरोप छ । सिबिफिनका सदस्य तथा एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्र गोयलले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएकोबारे बिजपाटीले समाचार लेखेको थियो।


यस्तो छ सम्बन्धित समाचारः

सिबिफिनको विधान संशोधनमा सदस्य गोयलको ‘नोट अफ डिसेन्ट’, बैंक भन्दा व्यक्ति केन्द्रित भएको आरोप

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved