सिबिफिनका अध्यक्ष गोल्यानद्वारा राजीनामा, उपेन्द्र पौडेल नयाँ अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 04:38:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्। पवनकुमार गोल्यानले बुझाएको राजीनामा स्वीकृत गर्दै सिबिफिनको कार्य समितिले पौडेललाई सर्वसम्म अध्यक्ष बनाएको हो । 

एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानले आउँदो साधारणसभाबाट एनएमबि बैंकको अध्यक्ष पद पनि छोड्ने भएकाले सिबिफिनको अध्यक्ष त्यागेको बताइएको छ । 

नयाँ अध्यक्ष बनेका पौडेल नबिल बैंकका अध्यक्ष हुन् । उनी नबिल अघि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । पौडेल ३ दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved