अन्तर-बैंक पुरुष फुटसलको उपाधि सिद्धार्थ बैंकलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 03:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक लिमिटेडले ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जितेको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बंैक, वीरगञ्ज कार्यालयले आयोेजना गरेका प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको हो । 

बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । बुधबार वीरगञ्जस्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६–० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो ।

विजेता टिमलाई वीरगञ्ज उप–महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका थिए । सो फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved