दर्जन बढी कम्पनी समावेश रहेको रमेश कर्पोरेशनले गर्यो नयाँ सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 06:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न १० समूह भित्र स्थापित रमेश कर्पोरेशनले संस्थापक इमिरेट्स स्वर्गीय रमेश गुप्ताको विरासतलाई आत्मसाथ र सम्मान गर्ने उदेश्यले नयाँ सुरुवातको प्रारम्भ गरेको छ । ब्राण्डले आफ्नो नयाँ यात्राको प्रारम्भ स्वर्गीय गुप्ताले देखेको उज्ज्वल भविष्य एवं दृष्टिलाई प्रतिविम्बित गर्न नयाँ ब्राण्ड, पहिचान एवं नवीन ट्याग लाईनको साथ प्रारम्भ गरिएको जनाएको हो ।   

संस्थापक स्व.रमेश गुप्ताको परिचयबाट सञ्चालित रमेश कर्पोरेशनको नयाँ ट्यागलाइन “फर्वाड टुगेदर” ले गुप्ताले देखेको भविष्य एवं आदर्शलाई आत्मसाथ गरेको कम्पनीले उल्लेख गरेको छ। 

विभिन्न १० समूह अन्तर्गत स्थापित रमेश कर्पोरेशन व्यावसायिक समूहहरुको संगठन हो ।   रमेश कर्पोरेशन पाँच दशक अगाडि हार्डवेर व्यवसायबाट प्रारम्भ भएको थियो । प्रारम्भदेखि आयात र टे«डिङ्ग व्यवसाय, दूरसञ्चार र सूचना प्रविधिमा विविध पक्षहरु मार्फत आफ्नो उपस्थिति रहदै आएको कर्पोरेशनले हालसम्म उत्पादन, वित्तीय सेवा, रियलस्टेट, कन्जुमर ड्युरेवल्स, हाइड्रो पावर, माइनिङ्ग जस्ता कम्पनीहरुलाई आफ्नो संगठन अन्तर्गत समाविष्ट गर्दै आएको छ  ।

हाल कर्पोरेशनमा टेलीटल्क प्रालि, टेलीडाइरेक्ट प्रालि, टेलीनेट प्रालि,  टिडिओ नेपाल प्रालि, युनिभर्सल इलेक्ट्रोकम प्रालि, युनिभर्सल ट्रेड सेन्टर प्रालि, लुम्बिनी विद्युत उद्योग प्रालि, सस्तोडिल प्रालि, मिजु कन्स्ट्रक्सन प्रालि, बलेफी हाइड्रो, डोलसिन मिनरल्स, मोडर्न इन्फ्रास्ट्रकचर प्रालि, द रिटेलर्स प्रालि, टेलीहोल्डिङ प्रालि लगायतका कम्पनी समावेश छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved