डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 10:23:06 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीकाअनुसार डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबिपीएस स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भीओडी मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न  सक्नेछन् ।  डिशहोम गो वेब मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै एक्सभीओडी मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् । 

नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेट लगायत डिशहोम गो, डिशहोम गो वेब र एक्स भीओडी फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ । डिशहोम फाईबरनेटले हाल बजारमा १०, २५ र ४० एमबिपीएसका का प्याकेजहरु उपलब्ध गराएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved