नेपालमै शुरु भयो अमेरिकी ब्रान्डको उत्कृष्ट पेय पदार्थ आरसी कोलाको उत्पादन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2021 | 10:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी ब्रान्डको उत्कृष्ट पेय पदार्थ आरसी कोलाको उत्पादन अब अब नेपालमै शुरु भएको छ। भेञ्चुरा बोटलर्स प्रालिले मकवानपुरमा उद्योग प्लान्ट स्थापना गरि आरसी कोलाको औपचारिक उत्पादन शुरु गरेको हो। 

कुल ५० करोड लागतमा हल्का कार्बोनेटेड पेय उत्पादनको रुपमा हालैमात्र उत्पादन थालनी गरेको कम्पनीले आइतबारदेखि बजारमा आरसी कोला औपचारिक रुपमै सार्वजनिक गरेको छ। 

भेञ्चुरा बोटलर्स प्रालिले ५० करोड लगानीमा हेटौँडामा आफ्नो कम्पनी स्थापना गरी उत्पादन सुरु गरेको हो। वैशाखदेखि नेपाली बजारमा उपलब्ध गराउने योजना बनाए पनि कोरोनाको कारण आजदेखि बजारमा ल्याउन सकिएको कम्पनीका अध्यक्ष सुभाष आचार्यले बताए।

अध्यक्ष आचार्यले भने ‘आरसी कोला, पुरानो र चिरपरिचित अमेरिकी छवि अनि वर्तमानको अनुभूतिसहितको अमेरिकाको एक मौलिक कोला अब नेपालका पसल वा बिक्री भण्डारहरूमा उपलब्ध छन्।’

माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर गरि ६ भेरियन्टमा उपलब्ध आरसी कोला देशैभरिका खुद्रा तथा कोल्ड स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालमा कोल्ड ड्रिंक्समा प्रतिस्पर्धा रहे पनि आफ्नो गुणस्तर र मौलिकपनले बजारमा परिचित र राम्रो गर्ने अवसर मिल्ने कम्पनीका सीईओ कविन अर्यालले जानकारी दिए।

६७ भन्दा बढी देशमा उपलब्ध आर सी कोलालाई नेपाल भित्र्याई विशुद्ध नेपाली लगानी र परिवेशमा उत्पादन थालनी गरेको कम्पनीले जनाएको छ ।  यसको उत्पादनका लागि आवश्यक पर्ने कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने तर अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट आरसी कोला तयार गरिने कम्पनीको भनाइ छ । 

आरसी कोला सन् १९०५ मा संयुक्तराज्य अमेरिकाबाट उत्पादन सुरु भएको हो । उक्त  उत्पादनहरुको संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरूबाट समेत अनुमोदन तथा नियमन हुँदै आएको छ । उत्पादनको स्तर र उपभोक्ता हितप्रतिको प्रतिवद्धतालाई कम्पनीको पहिलो प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved