शाओमीले नेपालमा आफ्नो ५ औं आधिकारिक मी स्टोर सञ्चालनमा ल्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 09:04:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो पाँचौं मी स्टोरको लन्च गरेको छ। कलंकीमा अवस्थित, यो २०० वर्गफुटको मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु हुने कम्पनीले जनाएको छ।   

ब्रान्डले यस त्रैमासिकको अन्त सम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी ज्यूले भने, “यो शाओमी नेपालका लागि एक विशेष माइलस्टोन हो । देशमा हाम्रो ५ औँ मी स्टोर संग, हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्ने छौं र हाम्रो मी प्रशंसकहरुको लागी सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ । हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन् ।”

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउने कम्पनीले जनाएको छ। आफ्नो प्रकारको पहिलो रहेको नयाँ मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्ने कम्पनीको भनाई छ। 

शाओमी नेपालले यस स्टोरको हरेक रिटेलको प्रक्रियालाई  निगरानी गर्ने हुँदा यसले पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउँने कम्पनीको दाबि छ। यसको नतिजाको रूपमा, मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्ने कम्पनीको बिश्वास छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved