करिश्माले नेपाल भित्र्याईन् इन्टेक्स ब्राण्डका इलेट्रोनिक्स सामान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 04:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टेक्स ब्राण्डका इलेट्रोनिक्स सामान अब नेपाली बजारमा पनि पाईने भएको छ  । रिसिक टेडिङ कन्र्सन प्रा.लि. इन्टेक्स ब्राण्डका इलेट्रोनिक्स  सामानको नेपालका लागि आधिकारिक बिक्रेता बनेको छ ।

कम्पनीले परिवारका लागि आवश्यक इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गर्दै आएको छ । 

नायिका करिश्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक टेडिङ कन्र्सनकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु बिश्वस्त रहेको बताईन् । 

२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व  बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो । ८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन् २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । 

इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख बिश्वास अग्रवालका अनुसार इन्टेक्स ब्राण्डका सामानको एक बर्षदेखि १० बर्षसम्म वारेन्टी छ । 

कम्पनीले देशभर नै सर्भिस सेन्टरको स्थापना गरिसकेको छ ।

‘हाम्रो उदेश्य भनेको बेस्ट क्वालिटीका गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो । हाम्रा ब्राण्डका सामान प्रयोग गर्ने कुनैपनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन । हामीले राम्रो सामान सहि मुल्यमा उपभोक्तलाई उपलब्ध गराउदै आएका छौँ’ इन्टेक्स ब्राण्डका कन्टि म्यानेजर बिनय जोशीले भने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved