दराजको नयाँ योजना: 'किन्नु अघि प्रत्यक्ष प्रशारण हेर्ने मौका'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 12:45:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम “दराज लाइभ”  भदौ १६ देखि सुरु भएको घोषणा गरेको छ । दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको “शपरटेनमेन्ट“ रणनीतिको एक भागको रूपमा पेश गरीएको दराजले जनाएको छ ।

दराजका अनुसार यस मार्फत ग्राहकहरुको लागी पारस्परि, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ जहाँ ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्नेछन्।

दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबार देखि शुक्रबार सम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिने दराजले जनाएको छ । ग्राहकहरुले दिनमा १२, ४ र ६ बजे दराज एप मार्फत लाइभ हेर्न पाउनेछन्।

दराज लाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दा अलि फरक र पृथक हुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक “सी नाउ बाई नाउ” को अवधारणा पेस गर्ने दराजले जनाएको छ।

दराजले भनेको छ 'दराज लाइभ मार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन् । दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकहरुलाई ब्रान्डको बारेमा प्रचुर जानकारी संकलन गर्नको लागि अदातित्य अवसर प्रदान गर्नेछ, ग्राहक र बिक्रेताले रियल टाइम कुराकानीमा संलग्न हुने सुनौलो अवसर प्रदान गर्नेछे, आकर्षक र मनोरञ्जनात्मक गतिविधिहरूको मेजबानी गर्दछ र ग्राहकहरुलाई प्रचुरमात्रामा रोमांचक उपहार र पुरस्कार जित्ने मौका पनि प्रदान गर्नेछ। '

विशेष सौदा, थुप्रै उत्पादनहरुको प्रदर्शन, क्यु एण्ड ए, फ्ल्याश सेल्स, अन्बक्सिंग, गिवअवे देखि भाउचर जित्ने मौका जस्तै अरु थुप्रै मौकाहरु ग्राहकहरुले दराज लाइभ मार्फत मज्जा लिन सक्ने दराजले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved