बैंक अफ काठमाण्डूले ल्यायो अनलाइन मार्फत खाना किन्दा नगदफिर्ता हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2021 | 08:38:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेडले बिभिन्न कम्पनी मार्फत खानाहरु अनलाइन मार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ। बैंकले कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत खाना खरिद गर्नेलाई यो योजना ल्याएको हो।   

मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको नगदफिर्ता हुने बैंकले जनाएको छ। 

ग्राहकले नगदफिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्ग को मार्फत स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ बैंकले जनाएको छ।

बैंककाअनुसार यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी  २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ। यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५% वा रु.५०० सम्मको नगदफिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved