महिन्द्राको सव​–डिलर अब स्याङ्जा र बाग्लुङ्गमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 03:29:51 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङ्गमा पनि स्थापना भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले महिन्द्रा कम्पनीको सव​–डिलर तथा बतास ब्रदर्श प्रा. लि. का डिलरहरु संचालनमा ल्याएको हो ।

कम्पनीले स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ घुम्ती मा  ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टर,  र बाग्लुङ्गको गलकोटमा श्रेष्ठ मोटो पार्टस संचालनमा ल्याएको हो ।

ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौँका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिङ्ग र अन्य माननीय अतिथिहरुद्वारा सामूहिक रुपमा गरिएको कम्पनीले जनाएको छ । “आर्थिक समृद्धिका लागि व्यवसाय“ भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सव–डिलरबाट स्याङ्जा तथा आसपासका जिल्लाका अत्याधिक ग्राहकहरुले गुणस्तरीय​सेवासुविधा प्राप्त गर्नुहुने विश्वास पनि कम्पनीको हो ।

त्यस्तै, श्रेष्ठ मोटो पार्टस​को उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गलकोट​, बाग्लुङ्ग नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर वि. क., विशिष्ट अतिथि विभिन्न राजनीतिक पार्टीका स्थानीय प्रतिनिधिहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुका साथै अन्य अतिथिहरुले सामूहिक रुपमा गरेका हुन् ।

“नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरुमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सव​–डिलरहरुको संचालनले थप टेवा पु¥याउने अपेक्षा गरेका छौँ”, बालाजु अटो वर्कश प्रा. लि. का लागि प्रदेश ४ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved