कोर्नका ग्याजेटको बिक्रेतामा टेकम्याक्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 09:54:08 AM मा प्रकाशित

laxmi  sunrise bank
अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितपुरको बिक्रेतामा टेकम्याक्स कुमारिपाटीलाई नियुक्त गरेको छ । 
टेकम्याक्सको सोरुम कुमारीपाटीबाट ग्राहकले खरिद गर्न सक्नेछन् भने टेकम्याक्सले ललितपुर भर कोर्नका उत्पादन बिक्री गर्ने बताइएको छ ।

ललितपुर बिक्रि सुरुवातको उद्घाटन ललितपुर मोबाइल बिजनेस एसोसिएसनका अध्यक्ष सन्तोष घिमिरेलले गरेका थिए । नेपालमा लन्च हुनुअघि विश्वका ३८ वटा देशमा यस ब्रान्डले आफ्ना विभिन्न उत्पादनहरू लन्च गरिसकेको कम्पनीले जनाएको छ । यसका हरेक उत्पादन एमं ग्याजेटमा १ वर्षको वारेन्टी समेत रहेको बताइएको छ । 

केमियो इन्टरन्यासनल प्रा.लिले यस ब्रान्डका ग्याजेट नेपाल भित्राएको हो । हेडफोन, चार्जर, स्मार्ट वाच्, डाटा केवल, स्पिकर लगायत करिब एक सय प्रकारका ग्याजेट उपलब्ध रहेको टेकम्याक्सले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved