आइएमई इेलेक्ट्रिकद्वारा ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 07:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लिले ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ ।  महानगरपलिकाले ति स्कुटर ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरेका छ।

आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जेमा १०० कि मि रेन्जसम्म  गूड्न सक्ने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन्। कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए । नगर प्रहरी प्रमुख सिताराम हाछेथुले नगर प्रहरीको क्विक रिस्पन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved