रमेश कर्पले नेपाल भित्र्यायो हिताची होम अप्लाइन्सेस, चार नयाँ उत्पादन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2022 | 08:41:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले नेपाली बजारमा हिताची ब्राण्डका नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ।  एक पत्रकार सम्मेलन मार्फत हिताचीले नेपाली बजारमा चाडै नै चार वटा विभिन्न उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो। 

कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् । 

कार्यक्रममा  सहभागीहरूलाई उत्पादन को  लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो । 

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ। 

हरेक नेपाली घरपरिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ । 

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, “हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ।” 

“रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ।”, भन्छन् हिताचीका प्रबन्धक निर्देशक श्री चेन टेक बेङ ।  

हिताची जुलाई १, २०२१  मा आरसेलिक र हिताची ग्लोबल लाइफ सोलुशन्स इंक बिचको संयुक्त उद्यमको रूपमा स्थापित, अग्रगामी विश्वव्यापी व्यावसायिक  हो। आरसेलिकएस  र हिताची जीएलस इंकको संयुक्त उद्यम मार्फत, उनीहरूले अनुसन्धान र विकास जस्ता प्रमुख क्षेत्रहरूमा आफ्नो विशेषज्ञतालाई जोडेका छन्। 

आरसेलिक ले लगातार आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वभरका १५० देशहरूमा विस्तार गरेको छ। कम्पनीले युरोपमा उल्लेखनीय वृद्धि गरेको छ र पछिल्लो दशकमा दक्षिण एसियामा बलियो वृद्धि हासिल गरेको छ। हिताची जीएलस ले मुख्यतया दक्षिण पूर्व एसिया र मध्य पूर्वमा आफ्नो गृह उपकरण व्यवसाय सञ्चालन गर्दै आएको छ।

युनिभर्सल इलेक्ट्रोकम प्राली संचालन गरेको रमेश कर्प ५० वर्ष अघि स्थापना भएको नेपालकै एक ठुलो निजि औधोगिक र व्यापारिक समुह हो । रमेश कर्पको नेपालमा उत्पादन, वित्तियसेवा, घरजग्गा, जलविद्युत, खानि, मोबाइल फोन, लगानी, निर्माण जस्ता विस्तृत क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved