
गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले उच्च पुर्बी पहाडी भेग चैनपुर, संखुवासभामा र पुर्बी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका शोरुमहरुको उदघाटन गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रा लिको नया शोरुम उदघाटन गरेको हो ।
ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रिहुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरुप यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ। कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।
दुवै शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् । समारोहमा बोल्दै करण चौधरी भने ,“गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठुलो भूमिका निर्वाह गर्दछ । येही उद्देश्य अनुरुप हामीले दुई नया उच्चस्तरीय शोरुमहरु संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौ । '
कम्पनीले यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।