शशीला मोटर्स बन्यो हाइगरको आधिकारिक वितरक, नेपालकै पहिलो १६ सिटे इभि भ्यान ल्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2023 | 09:57:34 PM मा प्रकाशित

laxmi sunrise bank

कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। जसका लागि प्रालिले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो। 

हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । 

यो सम्झौतासंगै शशिला मोटर्स् हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ। सुरुमा प्रालिले १६ सिट क्षमताका इभी मिनि भ्यान  र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ । जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रा.लि. का प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ । 

नेपालकै पहिलो १६ सिट क्षमताको इभी भ्यान,  ड्सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज,  ७० कि.वा. आवर ब्याट्री,  कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक, कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) , १६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ यस हाइगर इभी भ्यानका प्रमुख बिशेषताहरु हुन्। 

नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स,  ९० कि.वा. पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता, एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआर सहित यस  भ्यानका अन्य बिशेषता हुन्। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved