मोडल र एप्लिकेसनको विशाल दायरा प्रस्तुत गर्दै ह्वावे क्लाउड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 02:27:19 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष श्रीकाङ निङले कसरी “साझेदारीले नयाँ मूल्यको लागिमार्ग प्रशस्त गर्छ” भन्ने बारेमा चर्चा गरेका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरे ।

एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने बताइन्छ । “ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ ।” उनले भने, “पंगु मोडलहरूमा नयाँआविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं ।”

५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएको बताइन्छ । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागि आवेदन दिएका कम्पनीले जनाएको छ ।

एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउने र बहुमुखी पूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउने कम्पनीको दाबी छ । विशेष गरी  मुख्य धाराका एआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइतालिम र अनुमान ढाँचा) सामेल गरिएकोले डेभलपरहरूले आफ्ना अत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वा अन्य मोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरूसहित स्थानान्तरण गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

।ह्वावे क्लाउडले डेभलपरहरूमा ध्यान केन्द्रित गरी खुला ग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण भएको कम्पनीको दाबी छ । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमा पहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनि उच्चदक्षताको यात्रामा लैजान्छ । फाउन्डेशनमा मोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यता प्राप्त गर्ने मौकाको बनाइएको कम्पनीले जनाएको छ ।

एक सम्पन्न इकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्त प्रयास पनि आवश्यक रहेको र ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी  ग्राहकहरूसँग पंगु एलओे]]](Pangu LO)  फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved