फूडमान्डु १३ औं बर्षमा प्रवेश, साथ दिने ग्राहकलाई उपहारमा 'टिन इयर म्याजिक' अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 07:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ। १३ औं बार्षिकोत्सवको अवसरमा  'टिन इयर म्याजिक' लगायत बिभिन्न प्रकारका अफरहरु समेत ल्याइएको फूडमान्डुले जनाएको छ।  

फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ आजभन्दा १३ वर्ष अगाडि फूडमान्डुको शुरुवात गरेको बताएका छन्। 

यसै गरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको बताएका छन्।  यो कोसेढुङ्गासम्म ल्याईपुर्याउन साथ दिने ग्राहकलाई धन्यवाद दिनको लागि “टिन इयर म्याजिक” अफर ल्याएको उनले जानेका छन्। 

मालिकाअनुसार यो अफर अन्तर्गत कम्बोमा ५१५ सम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५५ सम्म फ्ल्याट छुट सहित विभिन्न अफरहरू उपलब्ध छन्। यसका साथै वार्षिकोत्सवको दिनमा अर्थात कार्तिक २५ मा प्रत्येक अर्डरमा प्रोमो कोड को प्रयोगमा थप १३५ छुट पनि दीइएको छ।  वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउन विभिन्न रेष्टुरेन्टहरूबाट निशुल्क मिठाईहरू पनि प्रदान गरिएको छ।  साथै मःमः,चिकेन विङ्ग जस्ता अर्डरहरुमा ३ पिस थप गरेर १३ पिस प्रदान गरिएको छ। यससँगै नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू दीएको छ। 

फुडमाण्डुले विभिन्न चरणहरुमा लगानी संकलन गर्न सफल भएको छ । सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गर्न सफल भएको थियो भने सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो । झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको थियो ।

सुरुवाती दिनहरुमा केवल १० मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कलमार्फत नै अर्डर दिन्थे । तर आजको दिनमा ९५५ अर्डरहरू फूडमान्डुको मोबाइल एप मार्फत आउँछ, जुन अहिलेसम्म ५,००,००० भन्दा बढीपटक डाउनलोड भइसकेको छ । यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको छ । साथै सुरुवातमा केवल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्व थिए भने आजको दिनमा १४०० रेस्टुरेन्टहरू आवद्व छन् भने २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् । फूडमान्डुले आजसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नुपर्ने बाध्यता पनि हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डु मार्फत अर्डर गर्न थालेका छन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved