नेपालको पिज्जा ब्रान्ड पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ, जसले पिज्जा हटको मेनुमा नौलो स्वाद दिने कम्पनीको दाबी छ ।
पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको जनाएको छ । जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् ।
कम्पनीका अनुसार थिन क्रस्ट पिज्जा ४९९ रुपैयाँबाट सुरु हुने छ । ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् । साथै भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्ने कम्पनीले जनाएको छ ।