'सातदोबाटो नेपाली जुत्ताघर' उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 06:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली जुत्ता चप्पल उत्पादक समुहले नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम 'सातदोबाटो नेपाली जुत्ताघर'को उद्घाटन गरेको छ  ।  बागमती प्रदेशका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले शोरुम उद्घाटन गरेका हुन्।

शो रुम उद्घाटन गर्दै मन्त्री चित्रकारले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने बताए। साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । 

उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो । 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन भईसकेको छ ।

नेपाली जुत्ता उत्पादक समुहका अनुसार सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन्। यस शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरुको विश्वास रहेको छ । साथै बिभिन्न व्यापारीक च्यानल मार्फत बजारमा उत्पादन पठाउँदा बस्तुको मूल्य बृद्धी हुने र यसले उत्पादक र उपभोक्त दुबै पक्ष मारमा पर्ने भएकाले सामुहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्दछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved