करेन्ट नुडल्सले भन्यो 'अदालतको आदेशको गलत ब्याख्या भयो, बिक्री वितरणमा रोक लागेको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 07:50:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा करेन्ट ट्रेडमार्क अन्तर्गत विभिन्न प्रकारमा उत्पादन बजारमा ल्याएको यशोदा फुड्स प्रा.लि.ले अदालतको आदेशको अपब्याख्या गर्दै समाचार प्रकाशन भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कम्पनीको उत्पादनको बिक्री वितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको भन्दै कम्पनीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

उच्च अदालतले उद्योग विभागको निर्णय कार्यान्वन नगर्न अर्थात् विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश गरेको कम्पनीले प्रष्ट पारेको छ ।कम्पनीले भनेको छ 'अदालतको आदेशलाई  गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग, व्यापारी वर्ग तथा डिलरहरुसमक्ष उक्त भ्रामक समाचारको पछि नलागी निरन्तर उपभोग तथा विक्री वितरण गरिरहन हुन समेत अनुरोध गर्दछौँ ।'

सिजी फुड्स (नेपाल) प्रा.लि.ले यशोदा फुड्स कम्पनीले उत्पादन तथा विक्री वितरण गर्दै आएको तपसिलको लेबलेको करेन्ट चाउचाउ अन्तर्गतको उत्पादनको विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको उजुरीको दावी नपुग्ने र कम्पनीले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी उद्योग विभागबाट २०८०/०२/२९ मा फैसला भएको थियो । उद्योग विभागको निर्णय उपर सिजी फुड्स (नेपाल) प्रा.लि. ले उच्च अदालत पाटनमा पुनः करेन्ट चाउचाउको उत्पादन बिक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी मुद्दा दायर गरेको थियो ।   उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाई गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०÷०२÷२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो ।’’  भनि आदेश दिएको छ।

हेर्नुस् अदालतको आदेश:



अदालतको आदेश


यस आदेशको अपब्याख्या गरि दुष्प्रचार गर्दै समाचार लेखिएको भन्दै कम्पनीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यशोदा फुड्स प्रा.लि. नेपालमा करेन्ट ट्रेडमार्क अन्तर्गत विभिन्न स्वादका चाउचाउ, चिजबल्स तथा स्न्याक्स उत्पादन गर्ने कम्पनी हो । कम्पनीका उत्पादनहरु नेपालमा मात्र नभई भारत, अमेरिका, जापान, कोरिया, युरोपेली मुलुकहरु, अफ्रिकी मुलुकहरु लगायत विश्वभरका थुप्रै मुलुकमा बिक्री वितरण भइरहेका छन् । कम्पनीले उद्योग विभागबाट विभिन्न मितिमा दर्ता नं. ०५६९३९, ०५६९४१, ०६०९२४, ०६०९२५, ०६०९२८ लगायतबाट ट्रेडमार्क करेन्टको दर्ता प्राप्त समेत गरिसकेको छ । कम्पनीले लामो समयको अनुसन्धान तथा विकास  ठूलो धनराशी लगानी गरेर उच्च गुणस्तरीय उत्पादन बजारमा पठाउन सफल भएको जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved