सिजी एलजी र बे ब्रान्डका सामानमा शुन्य प्रतिशत किस्ताबन्दीको सुविधा, ब्याज पनि नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 11:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी डिजिटल र जगदम्बा क्रेडिटबीच शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा घरायसी उपकरण खरिद सम्झौता भएको छ। सम्झाताअनुसार शुन्य प्रतिशत ब्याजदर किस्ताबन्दिमा क्रेडिट कार्ड विना नै एलजी, सिजी र बेको ब्रान्डका घरेलु उपकरणहरू ग्राहकले खरिद गर्न सक्नेछन। 

यो सहकार्यले इलेक्ट्रोनिक्स् उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य कम्पनीले राखेको छ। यो सहकार्यले गर्दा अब १२ महिने शुन्य प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको कम्पनीले जनाएको छ। 

शुन्य प्रतिशत किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा, शून्य प्रतिशत ब्याजदरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्न सक्नेछन्। ग्राहकहरूले एलजी, सिजी।  र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू बिशेष छुटमा नै शुन्य प्रतिशत किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्। 

यो सुविधा उपत्यका भित्र रहेका सबै सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved