वर्ल्डलिंकको 'स्मार्ट कोम्बो डिल', स्मार्टवाच र एयरडप्समा ५० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 04:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले " स्मार्ट कम्बो डिल " नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै  यस अफर अन्तर्गत पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउ6र समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ। 

यो अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जान सकिने कम्पनीले जनाएको छ। थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिने  वा  वर्ल्डलिंकको अनलाईन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागि लागु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved