एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ, विशेष छुटका साथै फ्री गिफ्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 10:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शपिङ शोरुमहरु पुन: शुभारम्भ भएको छ। विश्वस्तरिय स्तरमा अपग्रेड भई एलजी ईलेक्ट्रोनिक्स् इन्क का एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुप का प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उद्घाटन गरी शुभारम्भ भएको हो। 

कम्पनीकाअनुसार एलजी शपिङ  शोरुमहरु आधुनिक तथा प्रबिणतम  डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु जस्तै LED TV, Washing Machine, Refrigerator, Dishwasher, Air Conditioner, Microwave Oven, Vacuum Cleaner लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन्।यी शोरुमहरु हप्ताको सातै दिन बिहान १०बजे देखि बेलुका ७.३०बजेसम्म खुल्ला रहनेछ।

कम्पनीकाअनुसार एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, 0% किस्ताबन्दी, Exchange Offer तथा Loyalty Program को पनि सुविधा प्रदान गर्दै आएको छ। र दक्ष बिशेषज्ञबाट बिभिन्न LG का सामाग्रीहरुको Live Demo, Personal Experience Zone र Cooking Class को सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी शपि शोरुमहरुले फ्री डेलिभरी, फ्री  इन्स्तलेशन(एलजी सर्टिफाईड) र Preventive Maintenance Service (PMS) सेवाहरु पनि प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved