भारतीय अडियो कम्पनी बोल्टका उत्पादनहरु नेपाल आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 06:38:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 भारतीय अडियो कम्पनी बोल्टको इयर बड र स्मार्ट वाचहरु नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा. लि. बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन-इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरु डिजाइन र निर्माण गर्दै आएको छ । हालसम्म २ करोडभन्दा बढी उत्पादनहरु बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकता बमोजिमका बोल्ट स्मार्टवाच र TWs (टु वायरलेस स्टेरियो) इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो ।

पछिल्लो समय अडियो एसेसरिजहरुको माग तीव्र गतिमा बिक्री भइरहेको छ । बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ । नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved