रियलमीको नयाँ फोन बजारमा, यस्ता छन् विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 07:22:39 PM मा प्रकाशित

laxmi  sunrise bank

रियलमीले नयाँ फोन बजारमा आएको छ । रियलमीको 'रियलमी सि ५१’ फोन बजारमा आएको हो । 

उक्त फोनको स्टोरेज ४+१२८ जीबीको रहेको कम्पनीले जनाएको छ । ग्लिटरी लुकमा उपलब्ध उक्त फोनको मूल्य कम्पनीले १४ हजार ४९९ रुपैयाँ तोकेको छ । 

कम्पनीका अनुसार सो फोनको ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ । जसले कम उज्यालोमा पनि डिटेल्ड तस्बिर खिच्न सकिने जनाईएको छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनमा सो फोन उपलब्ध रहेको छ । ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा ५ हजार  एमएएचको ब्याट्री रहेको छ । जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीको दाबी रहेको छ ।

फोनमा १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइज रहेको जनाइएको छ ।

 रियलमीको ४+६४ जीबी स्टोरेज भेरिएन्ट पनि बजारमा उपलब्ध छ । कम्पनीका अनुसार उक्त फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved