चिया कफी बनाउन सीतारामले ल्यायो छुट्टै दुध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 02:58:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सीताराम गोकुल मिल्क्स प्रा. लिले २०८० फाल्गुण १ गतेबाट 'सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी' बजारमा ल्याएको छ । सो दुधले चिया र कफीको स्वाद बढाउने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार चिया र कफीका पारखि एवम् साना तथा ठुला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याइएको हो । प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाउने गरेको तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनकालागि स्पेसल दुध लिन पाउने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले २८ वर्ष देखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामको दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू बजारमा छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved