हेटिचको एप्लिकेसन सेन्टर अब नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 04:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको फर्निचर फिटिड्स प्रदायक कम्पनी हेटिचले ललितपुर, नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ ।   हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरू माँझ सेन्टर उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

 कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी रहेका थिए । कम्पनीका अनुसार ३,००० स्क्वायर फिट भन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच-एन्ड-फिल प्रदान गर्दछ। यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने भएको छ ।

कार्यक्रममा  बोल्दै हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक, आन्द्रे इकहोल्टले भने “हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ । हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं । नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । हाम्रो लक्ष्य हेटिच फिटिङलाई ग्राहकहरूले नयाँ शैली र रचनात्मक फर्निचरका विकल्पको खोजी गर्नेहरुका लागि गन्तव्यको रूपमा स्थापना गर्नु हो ।"


हेटिच, १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हो । १.५ बिलियन यूरो भन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिङ्सको विश्वको सबैभन्दा ठूलो निर्माता हो । अत्याधुनिक फर्नीचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा ८००० भन्दा बढी कामदारहरू आवद्ध छन् ।

कम्पनीका अनुसार हेटिचले भारत लगायत विश्वभरि यसको अत्याधुनिक उत्पादन क्षमताका कारण घरेलु र अन्तर्राष्ट्रिय बजार दुवैका लागि उच्च स्तरका सामानहरू उत्पादन गर्दै आएको छ। नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको हेटिच केही समय यता बजारकै अग्रणी बन्न सफल भएको छ । हेटिचको उत्पादन पोर्टफोलियोमा अत्याधुनिक जर्मन गुणस्तरबाट निर्मित फर्नीचर फिटिंग तथा हार्डवेयरको एक भण्डार समावेश छ, जसले सबै आवासीय र व्यावसायिक स्थानहरुको लागि समग्र फिटिंग समाधान प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved