सहकारी महासंघले ऋणीलाई भन्यो, ‘तत्काल ऋण तिर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 11:47:24 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न अनुरोध गरेको छ । एक अपिल नै जारी गर्दै महासंघले ऋणीहरूलाई नियमित किस्ता तथा ब्याज भुक्तानी गरी निक्षेपकर्ताको बचत रकम फिर्ताका लागि सहज वातावरण बनाइदिन आग्रह गरेको हो । 

महासंघले सहकारीहरूले बचत रकमको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने भएकाले बचत फिर्ताको सहजताका लागि समयमै ऋणको किस्ता तथा ब्याज तिर्न ऋणी सदस्यहरूलाई आग्रह गरेको हो । 

सहकारीको तरलता व्यवस्थापन गर्न पनि महासंघले सरकारसँग सहुलियतपूर्ण ऋण माग गरेको छ । 

सहकारीको छुट्टै कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्नुपर्ने माग पनि महासंघले गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved