यस्तो छ पोखरा महानगरपालिकाले ल्याएको सुशासनसहितको सहकारीको अबधारणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2023 | 10:22:00 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा महानगरपालिका सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठी गरेको छ  ।

सुशासनसहितको उत्कृष्ट, गुणस्तरीय, दिगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेमा जोड दिएको छ । ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराका ६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा कार्यशालाले ११ बुँदे निष्कर्ष निकालेको हो ।

समयानुकूल आधुनिक प्रविधिको समुचित प्रयोग गर्न र सञ्चालक तथा कर्मचारीलाई दक्ष बनाउन समय-समयमा विषयगत तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

 दिगो सहकारी निर्माणका लागि अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनामार्फत विद्यमान तरलता अभाव लगायतको निराकरण गर्नुपर्ने भन्दै कार्यशालाले सदस्यतामा सङ्ख्यात्मक भन्दा गुणात्मक तवरले वृद्धि गर्नुपर्ने र सदस्य ग्राहक नभई मालिक बन्नुपर्नेमा  जोड दिएको छ ।

  नियमित सदस्यको राय, सल्लाह तथा सुझावको ग्रहण गर्ने र क्रमिक रुपमा कार्यान्वयन गर्ने संयन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै सञ्चालक र कर्मचारीको छुट्टाछुट्टै भूमिकाको पहिचान, मूल्याङ्कन र स्वमूल्याङ्कन गरी कमजोर पक्षलाई योजनावद्ध, सवल र सक्षम बनाइ सहकारीको सु–सञ्चालन गर्नुपर्ने उल्लेख छ।

 नियामक निकायले निरन्तर सहकारीका समग्र गतिविधिको प्रारम्भिक अनुगमन गरी आवश्यकताअनुसार सघन अनुगमनको व्यवस्थामार्फत सहकारी ऐन नियमअनुसार सञ्चालन गराउनुपर्ने निष्कर्षमा उल्लेख छ ।   

 तरलता व्यवस्थापन र ऋण असुलीलाई प्रभावकारी बनाउन सर्वप्रथम नेतृत्व र एकाघर परिवारमा भएको खराव कर्जा असुली गर्नु गराउनुपर्ने जनाइएको छ । सहकारी अभियानविरुद्ध भइरहेको आक्रमणलाई निस्तेज पार्न सबै सहकारी सङ्घ, संस्था र नियामक निकाय प्रतिबद्ध हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।                    

 सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरी सदस्यलाई निरन्तर सहकारी शिक्षा प्रदान गर्दै संस्थाप्रति प्रेमभावको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । सहकारीलाई उत्पादनसँग जोडेर एक सहकारी एक उत्पादन कार्यक्रमलाई सार्थक बनाउनुपर्ने भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved