चैत २३ देखि काठमाडौँमा राष्ट्रिय सहकारी सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 05:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

यही चैत २३ गतेदेखि काठमाडौँमा तेस्रो राष्ट्रिय सहकारी सम्मेलन हुने भएको छ  ।

हरेक पाँच–पाँच वर्षमा हुने सम्मेलन चैत २३ देखि २५ गतेसम्म चल्ने राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले जानकारी दिइन् । उनका अनुसार यसपालिको सम्मेलनको नारा ‘सहकारीको दीगोपनाका लागि स्वनियमन र शुसासन भन्ने रहेको छ ।

सम्मेलनमा सातै प्रदेशका सहकारीकर्मी र अन्तराष्ट्रिय अभियन्ताहरुको सहभागिता हुनेछ । सम्मेलनमा सहकारी क्षेत्रका विद्यमान समस्या र समाधानका विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved