बिजपाटी समाचार प्रभाव: गुरु न्यौपानेले रिडीको अध्यक्षबाट दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 10:18:52 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले फागुन ८ गते राजीनामा दिएकोमा कम्पनीको फागुन ८ गते दिउँसो ३:१० बजे बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

सोहि दिन बिहान ८ बजेर ३५ मिनेटमा बिजपाटी डटकमले 'बोर्डको कारबाहीमा परेका गुरुप्रसाद अझै रिडीको अध्यक्ष कायम, बिजपाटीले प्रश्न गर्दा जङ्गीए' शिर्षकको समाचार प्रकाशन गरेको थियो ।

गत पुस अन्तिम साता नेपाल धितोपत्र बोर्डले  न्यौपानेलाई नगद जरिवानाका साथै १० वर्षसम्म कुनै पनि सूचिकृत कम्पनीको सञ्चालक बन्न नपाउने गरी कारवाही गरेको थियो। बिजपाटीले समाचार प्रकाशन गर्दासम्म उनी पद मै बसिरहेका थिए भने नगद जरिवाना पनि तिरेका थिएनन् । त्यस्तै बोर्डले कारवाही गरेको चित्त नबुझे ३५ दिन भित्र अदालत जानु पर्नेमा सो अवधि व्यतित हुँदासम्म उनी अदालत गएका थिएनन् । बिजपाटीले समाचार प्रकाशन गरेकै दिन उनले उच्च अदालत पातकमा रिट दायर गरेका छन् ।  

गुरु प्रसादले राजीनामा दिएसँगै रिडी पावरले उनका छोरा संजिव न्यौपानेलाई कम्पनीको अध्यक्ष चयन गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved