राष्ट्रिय बीमा कम्पनीको निमित्त सीइओमा कोइराला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 10:41:58 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुवास कोइराला चयन भएका छन् । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत शेखर बरालको राजिनामा स्विकृत गर्दै निमित्त कार्यकारीमा प्रमुखमा कोइरालालाई चयन गरेको हो । 

कोइराला कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ) थिए ।

बरालले घरायसी कारण देखउँदै मसिंर ८ गते पदबाट राजीनामा दिएका थिए । २०७९ भदौमा ४ वर्षको कार्यकालका लागि नियुक्त भएका उनले १५ महिनामा नै राजीनामा दिएका हुन् । उनले राजीनामा दिएको ७ दिन अर्थात मसिंर १५ गते शुक्रबार संचालक समितिले उनको राजीनामा स्विकृत गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved