एक लाख रुपैयाँ घुससहित कोटेश्वर र काँडाघारी प्रभागका ९ प्रहरी पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका ९ जना प्रहरीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २ असई, ३ हवल्दार र ४ सिपाही रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनीहरुलाई घुस सहित एक भोजनालयबाट रंगेहात पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा असई गोपाल श्रेष्ठसहित नौ जना रहेका छन् । बानेश्वर एरियाबाट पक्राउ परेका उनीहरुले बालुवाखानी सञ्चालकसँग धम्क्याएर एक लाख रुपैयाँ उठाएका थिए । आरोपित प्रहरीलाई अख्तियारकै हिरासतमा राखेर अनुसन्धान गरिने छ। पक्राउ परेका प्रहरी जवान मुकेश पटेल कोटेश्वर प्रभागका प्रमुख इन्स्पेक्टर राजु लामाका भान्से भएको खुल्न आएको छ।