सौतेनी आमाको हत्या गर्ने व्याक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ्गका ५८ वर्षिय कान्छा थापा भन्ने रण बहादुर थापा रहेका छन् ।
थपालाई धादिङ्गको रानीबारीबाट विहिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापा १८ वर्ष अघि सौतेनी आमाको हत्या गरी फरार रहेका थिए ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यलय धादिङ्गमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापाले २०५८ साल माघ १४ गते सौतेनी आमा साईली थापालाई आफ्नै घर भित्र घाँटी थिची हत्या गरेका थिए । उनले अंशको विवादका कारण सौतेनी आमाको हत्या गरेको प्रहरीको भनाई छ ।