प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोको स्वरुप परिवर्तन गरी सामाजीक संजालमा पोष्ट गर्ने ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली जिल्लाका २२ बर्षीय तेजराज पौडेल रहेका छन् ।
गैर कानुनी तरिकाले फोटो प्रकाशन गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । पौडेलले प्रधामन्त्री ओली सहित अन्य विशिष्ठ ब्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरेर सार्वजनिक गरेको साईबर ब्यूरोका सूचना अधिकारी नविन अर्यालले जानकारी दिएका छन् ।
जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी उनी बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।