मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । प्रहरीले शंकास्पद ब्यक्तिहरुबाट १५ किलो सुन र २ थान पेस्तोल बरामद गरेको हो ।
प्रहरीले पिछा गर्दै आएको शंकास्पद ब्यक्तिहरले झोला फलेर भागेका थिए । र उक्त झोला भित्र हेर्दा १५ किलो सुन र २ थान पेस्तोल रहेको प्रहरीले जनाएको छ ।
सुन कहाँबाट कस्ले ल्याएको हो भन्नेबारे अनुसन्धान भईरहेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त बरामद भएको सुनको मूल्य आजको भाउ अनुसार १२ करोड ६२ लाख रुपैयाँ भन्दा बढी हुने जनाईएको छ ।