तत्कालिन गृहमन्त्रीका सल्लाहकार पक्राउ, करोडौं असुली धन्दामा संलग्नको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 01:12:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँगको मिलोमतो गरी करोडौँ रकम असुलीमा संलग्न भएको आरोपमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । 

नक्कली शरणार्थी बनाइ अमेरिका पठाएको विषयमा अनुसन्धान गर्न उनलाई ललितपुरस्थित आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सिताराम रिजालले बिजपाटीलाई बताए ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय रहेका एक गिरोहको खेलमा उनी मुछिएका थिए । उनका छोरा नीरजसमेत उक्त घटनामा मुछिएका छन् । उनलाई पनि प्रहरीले खोजी गरिहेको छ । अदालतबाट पक्राउ पूर्जी आदेश पाएपछि खोजी तिब्र पारिएको एक प्रहरी अधिकृत बताउँछन् । 

यद्यपि उनी भने नेपालमा नरहेको बुझिएको छ । उनले मन्त्री तथा अन्य अधिकारीहरुलाई मिलाउनुपर्छ भन्दै करोडौँ रकम लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा पटकपटक गरी पाँच करोड दिएको खुल्न आएको र अझै अनुसन्धान बाँकी नै रहेका बताइएको छ । 

ती गिरोहले विसं २०७७ सालपछि नै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गैरकानूनी गतिविधि चलाएका िथए । 

पीडितहरुमध्ये १० जनाभन्दा बढीको नाममा नेपाल सरकार गृह मन्त्रालयको नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनेको प्रमाण फेला परेको छ । सक्कली लोगो प्रयोगमा गृहका तत्कालिन अधिकारीहरु सहभागि छन् । ति मध्य राई पनि एक हुन् ।

८१ जना पीडितले अमेरिका जाने लोभमा करिब रु १३ करोड ६३ लाखभन्दा बढी रकम बुझाएका थिए । रकम फसेर अमेरिका उड्न नपाएपछि मात्रै उनीहरु अपराध अनुसन्धान कार्यालयमा आएका थिए । 

पीडितले गत जेठमै जाहेरी दिएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा ललितपुरका सानु भण्डारी, मोरङका केशवप्रसाद दुलाल र पाँचथरका टङ्ककुमार गुरुङ गत चैत १२ गते पक्राउ परेका थिए । त्यसपछि सन्देश शर्मा र सागर राई पनि पक्राउ परेका थिए । 

उनीहरुले कतिपयलाई शरणार्थी समेत बनाइसकेका थिए । उनीहरुकै बयानका आधारमा आज राइ पक्राउ परेका हुन् ।

ती गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिहरुलाई प्रयोग गरी उनीहरुका आफन्त र नातागोतालाई नै शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्न भन्दै फारम भर्न लगाएका थिए । त्यसरी लोभमा फसाएर शरणार्थी फारम भर्नेहरुबाट १५ देखि २० लाख असुलेका थिए । 

अझै विश्वास दिलाउन पत्रपत्रिका र अनलाइनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरुको सरुवासम्बन्धी समाचारसमेत पीडितहरुलाई सेयर गरी शतप्रतिशत काम हुन्छ भनी बहाना बनाउने गरेका थिए ।  

पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटक–पटक बोलाई हैरानी दिने गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved