२० हजार लिटर पेट्रोल चोरी गर्दैगर्दा 'रंगेहात' पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 08:13:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोल ढुवानीकर्तालाई कारवाही गरेको छ। क्षमता र बीलमा उल्लेख गरिएको भन्दा बढी परिमाणको पेट्रोल ढुवानी गरेको पाइएकाले पेट्रोल ढुवानीकर्तालाई कारवाही गरिएको निगमले जनाएको छ। 

निगमकाअअनुसार बीलमा उल्लेख भन्दा २० हजार लिटर पेट्रोल ढुवानी गरेकाले ढुवानीकर्ता श्री एक्सप्रेस परिवहन सेवा प्रालिको नाममा रहेको लु २ ख ४८३९ नम्बरको ट्रकलाई चोरी पैठारी कसुरमा कारवाही गरिएको हो। 

निगमले कारवाही स्वरुप ट्रकको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने भएको छ। त्यस्तै तीन महिनाको लागि निलम्बन गर्ने तथा निगमका सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैका लागि बन्देज लगाउने निर्णय गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved