शरणार्थी प्रकरणमा पूर्व-मन्त्रीसहितलाई यी तीन अपराधमा मुद्दा चलाउन राय, अझै १७ जना फरार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 02:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले नक्कली भुटानी शरणर्थी प्रकरणमा ३३ जनालाई प्रतिबादी कायम गरेर आज रायसहितको प्रतिवेदन सरकारी वकीललाई बुझाएको छ ।

घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले अहिलेसम्म १६ जनालाई पक्राउ गरे पनि बाँकी १७ जना फरार रहेको सूचीसहितको प्रतिवेदन बुझाएको हो । आरोपीहरु पक्राउ परेकाबाहेकका उच्च पदस्थहरु नपरेका श्रोतले बताएको छ । 

आज ५७औँ दिनमा अनुसन्धान सकेर आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको हो । प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानुनले दिएका सबै दफा आकर्षित हुने गरी रायसहितको प्रतिवेदन बुझाएको बताए । 

यद्यपि एक अनुसन्धान अधिकृतले भने राज्य विरुद्धको अपराधसहित ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन तोकेरै प्रतिवेदन दिएको बताए । त्यसका अलावा सम्पति शुद्धिकरण र अख्तियार दुरुपयोगका सवालमा पनि मुद्दा अघि बढाउन सक्ने कुरा उल्लेख गरेको छ । अन्य अनुसन्धान खुला रहने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन हेरेर अभियोजन अघि बढ्ने  जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेले बताए । उनले एक, दुई दिनभित्रैमा अभियोजन दर्ता गर्ने पनि जानकारी दिए । उक्त घटनामा ६० दिन भित्रमा अभियोजन गरिक्नुपर्छ । त्यस हिसाबले अबको तीन दिनमा अभियोजन दर्ता गरिसक्नुपर्छ । 

यस घटनामा ११३ जना पीडितले २७ करोड ५० लाख ५७ हजार ठगी भएको भनी जाहेरी दिएका छन् । उनीहरुले २२ वटा जाहेरी दिएका छन् । सोही आधारमा त्यती नै विगो कायम हुने गरी राय दिएको पनि प्रहरी उपरीक्षक रिजालले बताए ।  

भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तहरु तत्कालिन गृहमन्त्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालिन गृहसचिव (हालका निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई पक्राउ परेका छन् । 

यस्तै हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राइ, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । केसी भने शुरुमा पीडित थिए पछि पीडक बनेर निस्किएका हुन् ।

पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ व्यक्तिहरु फरार रहेका प्रहरीले जनाएको छ । 

विसं २०७६ सालदेखि सङ्गठित रुपमा गरिएको उक्त अपराधले विश्वमै गलत सन्देश प्रवाह भएको छ । गिरोहले १० देखि ४५ लाखसम्म असुलेर ठगी गरेका पाइउको छ । 

त्यस घटनाको समयमा गृह मन्त्रालयमा महत्वपूर्ण पदमा बसेका केही व्यक्तिहरु परेका आशंका गरिए पनि प्रहरी उनीहरुका विषयमा मौन बसेको छ । तत्कालिन गृहमन्त्री रामबहादुर थापा, बादल, तत्कालिन गृह सचिवहरु प्रेमकुमार राई, महेश्वर न्यौपानेको कार्यकालमा घटना घटेको भए पनि उनीहरु अनुसन्धानको दायरामा आएका छैनन् । 

यस्तै उक्त घटनामा पूर्व गृहमन्त्री खाँडकी पत्नी मञ्जु र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको संलग्नता बारेको अडियो टेप सार्वजनकि भए पनि अनुसन्धानमा आएका छैनन् ।

 उक्त घटना गत जेठमा प्रहरीमा दर्ता भएको थियो । त्यसको १० महिनापछि गत चैत १२ गते मात्रै केशव दुलाल, सानुभण्डारीलगायतका व्यक्त पक्राउ परेपछि विस्तारै पोल खुल्दै आएको थियो । त्यसपनि प्रहरीले क्रमस भिआइपीहरुलाई समातेको थियो ।

वैशाख अन्तिम सातासम्ममा दुई पूर्वमन्त्री र बहालवालासचिसमेत पक्राउ गपरेका थिए । उक्त घटनाले नेपाललाई विश्वमा शीर झुकाएको भनी आलोचना हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved