गरिमा विकास बैंकका ग्राहकलाई 'द हिमालयन ग्रिल बाई बाजेको' रेस्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 10:41:11 AM मा प्रकाशित

laxmi sunrise bank

गरिमा विकास बैंकका ग्राहकले  'द हिमालयन ग्रिल बाई बाजेको' रेस्टुरेन्टमा छुट पाउने भएका छन् । बैंक र रेस्टुरेन्टबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा छुटको लागि हस्ताक्षर भएको हो।

सम्झौतामा विकास बैंकको तर्फबाट बैंकका बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्टको तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंको सामाखुसीमा अवस्थित 'द हिमालयन ग्रिल बाई बाजेको' बाट फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउन सक्ने छन् । 

गरिमा विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा दिदै आईरहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved