महालक्ष्मी विकास बैंकले ल्यायो 'महालक्ष्मी बैंक २ ३ ४ को जादु' योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 08:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म योजना सञ्चालन गर्न लागेको उल्लेख गरेको छ । ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु.एक सय वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ । 

 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved