नोभेम्बर ११ मा कामना सेवाका ग्राहकहरुलाई दराजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 09:20:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 नोभेम्बर ११ मा कामना सेवा विकास बैंकका ग्राहकहरुले दराजमा छुट पाउने भएका छन् ।  कामना सेवा विकास बैंक र दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकमहानुभवहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

दराजको ११.११ छुट योजना कार्तिक २५ गते देखि लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई छिटो कार्ड ई–कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved