लुम्बिनी विकास बैंकले यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले बट्टार बसपार्कलाई टिभी हस्तान्तरण गरेको छ । बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बिदुर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत सो बसपार्कलाई ४३ इन्चको रङ्गिन टेलिभिजन – एक थान र डिस होम – एक थान प्रदान गरेको हो।
शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोलले बिदुर नगरपालिकाका नगर प्रमुख राजन लाल श्रेष्ठलाई ति सामान हस्तान्तरण गरेका हुन् ।
लुम्बिनी विकास बैंकले देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।