सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराज ११ः११ मा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 10:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले  ११.११ अवसरमा दराजमार्फत  अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्ने भएका छन्  ।  बैंक र दराजबीच ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।  

बैंकका अनुसार बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५००।– सम्मको छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्ने भएकोले  ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै आवेदन दिन बैंकले अनुरोध गरेको छ। 

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई  सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको बैंकले जनाएको छ। बैंकजा माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्राप्त हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved