मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमीहरु सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 04:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।  बैंकले  लघु बैंकिङ् अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७९÷०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्रगोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको थियो । उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । 

बैंकका अनुसार  उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषीमा ब्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषी कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved