कामना सेवा विकास बैंकको वार्षिकोत्सव सम्पन्न, ४०३ युनिट रगत संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 07:21:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरेर १६ औं वार्षिकोत्सव मनाएको छ ।  बैंकले कार्तिक २१ गते देखि कार्तिक २७ गते सम्म देशभर विभिन्न सप्ताहब्यापी  कार्यक्रमहरु आयोजना गरी आज केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा मुल समारोह कार्यक्रम गरेको हो ।

जस अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष तथा महिला फुटसल प्रतियोगिताका साथै, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ। “रक्तदान जिवन दान” भन्ने नारालाई आत्मसात गरी देशव्यापि रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको बैंकले उल्लेख गरेको छ। बैंकका अनुसार  पुरुष फुटसलको उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मुल समारोहोको आयोजना गरिएको बैंकले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved