लुम्बिनी विकास बैंककद्वारा सीएसआर कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 11:30:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी बिकास बैंक लिमिटेडले रक्तदाता तथा स्वयं सेवाकहरुलाई ६५ थान बैंकको लोगो तथा रक्तदानको लोगो अंकित टि – सर्ट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर जिल्ला, महालक्ष्मी न. पा. वार्ड नं. ०९, लामाटार मा अवस्थित श्री सिद्धिबिनायक कृषि बहुउद्देशीय सहकारी संस्थालाई ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रममा संलग्नहरुलाई उक्त टिसर्ट वितरण गरेको हो।

उक्त रक्तदान कार्यक्रममा ५० जना भन्दा बढि सहभागीहरुले रक्तदान गरेका थिए। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं जिल्ला, नरेफाँट, जडिबुटीमा अवस्थित मनोहरा बिद्यानगर सेवा समाज अन्र्तगत सञ्चालित “जेष्ठ नागरिक दिवा मिलन केन्द्र” लाई पिउने पानी प्रयोजनको लागि १ थान वाटर डिस्पेन्सर र विभिन्न कार्यक्रम सञ्चालनार्थ १ थान साउण्ड सिस्टम सहयोग गरेको छ ।

सो सहयोग लुम्बिनी बिकास बैंक लिमिटेड, नरेफाँट शाखाका शाखा प्रबन्धक सुधिर कुमार कार्कीले मनोहरा बिद्यानगर सेवा समाजका अध्यक्ष रामशरण बोहोरालाई हस्तान्तरण गरेका हुन्। 

देशका ७ वटै प्रदेशमा गरी ८९ स्थानमा शाखा सञ्चालन तथा १९ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved