बैंकले कृषिमा ऋण दिनलाई विश्वास गर्दैन भने समृद्ध नेपाल कसरि बन्छ ? हामी लोन दिने र रिक्स लिने् संस्था हो नी । म एउटा कृषि फार्मको अवलोकनको लागि पुगेको थिए । त्यहाँ जाँदा कलेज पढिरहेका ८ जना युवाहरुले १०० रोपनी भन्दा धेरै ठाउँमा कृषि ब्यावसाय गरिरहेका रहेछन् । वार्षिक ५६ प्रतिशत सम्म ब्याज तिर्ने गरि पैसा लिएका रहेछन।
आफ्नै संस्थाको कर्मचारिले काम गरेन भन्ने होला होला तर एनएमबी बैंकमा कर्जाको लागि आवदेन दिएका रहेछन। एनएमबी बैंकका कृषि प्राविधिकले फार्मको अध्ययन गरेर रिपोर्ट पनि राम्रो दिएका रहेछन। अनी मैले त्यही बाट फोन गरेर प्राविधिकको रिपोर्ट पनि राम्रो रहेछ तर निवेदन दिएको यति धेरै समय भइसक्दा पनि कर्जा किन नदिएको भनेर सोधे। कर्मचारिले गरेनन भन्दिन्न तर टेवलमा वसेर रिक्स लिन गाह्रो हुने रहेछ भन्ने देखियो।
१० लाख सम्म बीना धितो सहुलियत कर्जाको योजना छ । केही गर्छु भन्ने युवालाई धितो छैन भनेर कर्जा नदिने हो भने कसरी उत्पादन बढ्छ । १० लाख कर्जा दिँदा ७५ प्रतिशत बीमा त राज्यले नै गरिदिएको छ । १० लाखको कर्जामा बैंकहरुको रिक्स भनेको २ लाख ५० हजार मात्रै हो त्यति पनि रिक्स लिन नसक्ने बैंकहरुको काम ब्याज मात्रै उठाउने डिपोजिट लिने तथा पैसा दिन र लिने मात्रै होइन । रिक्स पनि लिन सक्नुपर्छ । बैंकहरुले रिक्स लिएर कृषि क्षेत्रमा कर्जा बढाउ आवश्यक छ ।
राज्यकै पहिलो प्राथमीकतमा रहेको क्षेत्रमा राज्यको महत्वपुर्ण वित्तीय क्षेत्रले रिक्स लिएर कर्जा प्रवाह नगर्ने हो भने कसरी सम्भव हुन्छ । म त आफै कृषि गर्नुपर्छ भनेर सन्सेटीभ भएर लागेको मान्छे त्यही भएर कृषिमा लगानी गर्नुपर्छ भनिरहेको छु । कृषिको पिडा बुझेको छु । त्यसैले एनएमबी बैंकमा कृषिलाई प्राथमीकतामा राखौं भनिरहेको छु । र त्यही अनुसार काम पनि सुरु भइसकेको छ ।
मेरो योजना भनेको नेपाली उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्ने नै हो । मैले अन्य बैंकका सञ्चालक साथिहरुलाई पनि यस क्षेत्रमा हामीले नै हो गर्ने । रिक्स नलिकन कसरी सम्भव छ भन्ने गरेको छु । एनबीआईले आयोजना गरेको कार्यक्रममा पनि हामीले नियामक निकायले ल्याएको नीतिमा सहयोग गुर्नपर्छ, हामीले उत्पादन र कृषि क्षेत्रमा कर्जा बढाउँ अहीलेको समस्या स्वत समाधान हुन्छ भनेको थिए। यसको विरोध गरेर समस्या समाधान हुँदैन पनि भनेको थिए । त्यहाँ अधिकांश बैंकका संचालक र अध्यक्ष उपस्थित हुनुहुन्थ्यो ।
उक्त कार्यक्रम पछि अधिकांश बैंकका संचालकले यो काम कसरी गर्न सकिन्छ बसेर छलफल गरौं पनि भन्नुभयो । यो काम हाम्रो बैंकमा पनि गनुपर्योे भन्नुभयो । यो काम एउटा बैंक अथवा २८ वटै वाणिज्य बैंकले मात्रै गरेर हुँदैन सवै विकास बैंक फाइनान्स कम्पनीले पनि गर्नु पर्छ । लघुवित्तले त गरिरहेकौ छन तर लघुवित्तले मात्रै गरेर पुगेको छैन । अहीले कृषि ब्यवसाय गर्न पनि १० लाख भनेको थारै भइसक्यो । १० लाखले अहीले केही हुँदैन । हामीले त्यसै दिने होइन ब्यवसाय हेरेर दिने हो। प्रमाणीत गरेको देखाएका ठाउँमा रिक्स नलिए कसरी सम्भव हुन्छ ।
प्रदेश १, २, गण्डकी प्रदेश र ५ नंम्बरमा कृषिमा लगानी गर्नलाई बैंकलाई हामीले ठुलो टारर्गेट नै दिएका छौं । प्रदेश ३ मा पनि छ तर अलि कम। प्रदेश ६ र ७ मा पनि हामी कृषिमा लगानी गर्छौं । मैले राष्ट्र बैंकसँग पनि तपाईहरुले प्रकाशित गर्ने
कृषि कर्जाको डाटा सहि छ भनेर प्रश्न नै गरेको छु । चिनि उद्योग, दाना उद्योगमा गरेको लगानी पनि कृषिमा राख्नुभएको छ भने त्यसलाई कृषि कर्जा मान्न सकिदैन । तपाइहरुले कृषिमा भएको वास्तविक डाटा सार्वजनीक गनुर्हाेस भनेर च्यालेन्ज नै गरेको छु ।
एक जनाले कृषिको ब्यवसाय फार्म संचालन गरेर कृषिको विकास हुँदैन । जवसम्म युवा खेतमा आउँदैन र उनीहरुले ब्यवसाय गर्नको लागि सहज रुपमा कर्जा पाउँदैन तबसम्म विकास हुँदैन । हामि सबै किसानको छोराछोरी हौं तर म चाँही होइन । म व्यवसायिक घरानामा जन्मेको मान्छे हो तर म आफै कृषि क्रान्ति नगरेसम्म विकास हुँदैन भनेर लागेको छु र अहीले चाँही म भित्रैबाट किसान हो ।
सरकारले १० लाख सम्मको कर्जालाई प्राथमीकतामा राख्दा पनि बैंकहरुले रिक्स भएकोले कर्जा लगानी गर्न नसकेको मेरो बुझाई छ। हामी २ तिहाइ भन्दा बढी युवाहरुमा किसानको रगत बगेको छ तर पनि विकास हुन सकेको छैन । यसको प्रमुख कारण बजारिकरणको समस्या हो । म कोही किसानले अर्गानीक उत्पादन गर्छ भने जति उत्पादन गरेपनी लिन्छु ।
अर्को भनेको लगानी अथवा पैसा हो । यसमा पनि म प्रतिवद्ध छु। कसैले कृषि व्यावसाय गर्छ र उसलाई लगानी चाहीएको छ भने जसरी पनि ब्यवस्था गर्नुपर्छ । म आवद्ध बैंक बाहेक अरु बैंकबाट पनि पहल गर्छु । यसमा बीमा जरुरि छ । बीमा कम्पनीसँग पनि मैले कृषि बीमालाई प्राथमीकतामा राख्नुहोस भनेर कुरा गरेको छु ।
बीमा समितिको अध्यक्षसँग पनि कमर्सियल क्षेत्रको मात्रै बीमा हुने साधारण कृषक को बीमा हुने । कसरी हुन्छ ? अव कृषि बीमामा व्यापकता ल्याउन जरुरी छ भनेको छु । फलफुलमा बीमा छैन । तरकारीमा मात्रै भएन भनेको छु।
(एनएमबि बैंक तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानसंगको कुराकानीमा आधारित)